पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप समिट नेपाल २०२६ को महाअभियान

बासुदेव न्यौपाने

बिज्ञापन

पोखरा : व्यवसाय गर्ने इच्छा र नयाँ सोच भएर पनि कसरी सुरु गर्ने, लगानी कहाँबाट जुटाउने, व्यवसाय सफल होला कि नहोला, सुरु गरेपछि टिकाउन सकिएला कि नसकिएला, बैंकबाट ऋण पाइएला कि नपाइएला भन्ने अन्योलमा रहेका नेपाली युवालाई ले आफ्नै माटोमा सम्भावना खोज्न, उत्पादन गर्न, उद्यम सञ्चालन गर्न र अरूलाई समेत रोजगारी दिन सक्षम बनाउने उद्देश्यसहित पोखराबाट ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान सुरु गरिएको छ।

बिज्ञापन

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने मूल सन्देशसहित स्टार्ट अप समिट नेपाल २०२६ ले पोखरामा आयोजना गरेको
समिटले उद्यमशीलतालाई केवल व्यवसाय सुरु गर्ने विषयका रूपमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्र निर्माण, युवा पलायन न्यूनीकरण र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने राष्ट्रिय अभियानका रूपमा अघि सारेको छ। कार्यक्रमको मुख्य उद्देश्य नेपालका सातवटै प्रदेशमा पुगेर त्यहाँको भौगोलिक अवस्था, प्राकृतिक स्रोतसाधन, बजार, जनशक्ति र स्थानीय आवश्यकताअनुसार कुन क्षेत्रमा कस्ता स्टार्टअप तथा उद्यम सञ्चालन गर्न सकिन्छ भन्ने सम्भावना पहिचान गर्नु हो।

विशेषगरी काठमाडौं केन्द्रित विकास, लगानी र अवसरलाई प्रदेश हुँदै जिल्ला, नगरपालिका, गाउँपालिका र स्थानीय तहसम्म विस्तार गर्ने सोचका साथ समिट आयोजना गरिएको हो। जहाँ सम्भावना छ, त्यहीँ उद्यम स्थापना गर्ने, स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने र आफ्नो ठाउँ छाडेर अवसर खोज्न बाध्य भइरहेका युवालाई आफ्नै क्षेत्रमा सम्भावना देखाउने अभियानको लक्ष्य रहेको आयोजकले जनाएको छ।

बिज्ञापन

यसअघि पनि नीति रिसर्चले त्रिभुवन विश्वविद्यालय, विभिन्न विद्यालय तथा कलेजमा उद्यमशीलता र स्टार्टअपसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिसकेको छ। महिला उद्यमशीलताका अवसर, चुनौती र आगामी बाटोबारे केन्द्रित कार्यक्रमहरू पनि सम्पन्न भइसकेका छन्। त्यस्तै, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र निजी क्षेत्रका प्रतिनिधिसँग स्टार्टअपमा लगानी, वित्तीय पहुँच, बजार विस्तार र सहकार्यका विषयमा विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया गरिएको छ। ती अनुभव, सुझाव र सम्भावनालाई प्रदेशस्तरमा विस्तार गर्दै व्यवहारमा उतार्ने प्रयासस्वरूप पोखराबाट अभियान अघि बढाइएको हो।

कार्यक्रममा स्टार्टअप समिट नेपाल २०२६ कि अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्ने मानसिकताबाट बाहिर निकालेर जागिर सिर्जना गर्ने उद्यमी बनाउनु अहिलेको आवश्यकता भएको बताइन्। उनका अनुसार देश निर्माण गर्ने हुटहुटी बोकेका युवामा नयाँ सोच, सीप र काम गर्ने क्षमता भए पनि त्यसलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर, मार्गदर्शन र लगानीको पहुँच पर्याप्त नहुँदा धेरै सम्भावना सुरुमै हराउने गरेका छन्। हामीले युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने अभियान सुरु गरेका हौँ। विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान, सीप र क्षमतालाई नेपालमै उपयोग गर्न सकियो भने देशभित्रै रोजगारी र आर्थिक समृद्धिको आधार तयार गर्न सकिन्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्।

‘आजका युवालाई विदेश नजाऊ भनेर मात्र हुँदैन, नेपालमै किन बस्ने, यहाँ के गर्न सकिन्छ र कसरी सफल हुन सकिन्छ भन्ने अवसर पनि देखाउन सक्नुपर्छ। हाम्रो प्रयास ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदल्ने हो,’ उनले भनिन्।

अध्यक्ष ज्ञवालीका अनुसार सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्नुको अर्को महत्वपूर्ण कारण हरेक प्रदेशको सम्भावना र व्यावसायिक प्रकृति फरक हुनु हो। गण्डकी प्रदेशमा पर्यटन, आतिथ्य सेवा र स्थानीय उत्पादनमा सम्भावना रहेजस्तै अन्य प्रदेशमा कृषि, जडीबुटी, उद्योग, प्रविधि, सेवा तथा अन्य स्थानीय आवश्यकतामा आधारित उद्यमको सम्भावना हुन सक्छ। त्यसैले सबै प्रदेशमा एउटै प्रकारको व्यवसाय प्रवर्द्धन गर्नुभन्दा स्थानीय स्रोत, बजार र आवश्यकताअनुसार उद्यम विकास गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्टार्टअप र उद्यमशीलताको प्रवर्द्धनमा सरकारले प्रदान गर्ने सहयोगको प्रभावकारिता तथा त्यसको सदुपयोगमा ध्यान दिनुपर्ने बताए। विगतमा अनुदान वितरण भए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उनले अनुदानलाई उत्पादन र वास्तविक उपलब्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार गण्डकी प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको छ। उद्योगी र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै प्रदेश सरकारले पुलको काम गरिरहेको उनले बताए।

स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई सहयोग उपलब्ध गराइए पनि सुरुवाती उत्साह र प्रतिबद्धताअनुसार कतिपयले निरन्तरता दिन नसकेको मुख्यमन्त्री पाण्डेको टिप्पणी थियो।‘स्टार्टअप भनेको आफैँले जागिर खोज्ने माध्यम मात्र होइन, अरूलाई पनि रोजगारी दिने उद्यम विकास गर्ने प्रक्रिया हो। युवाले आफ्नो नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने।

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले युवाको भविष्य स्टार्टअप र नवप्रवर्तनसँग जोडिएको बताए। प्रविधिको विकाससँगै नवीन सोचलाई व्यावसायिक स्वरूप दिन सके आफ्नै देशमा प्रशस्त अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।

गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले नेपालमा प्राकृतिक स्रोतसाधन र युवा जनशक्तिको ठूलो सम्भावना रहेको बताउँदै त्यसको सही उपयोग गर्न सके उद्यमशीलताको भविष्य उज्ज्वल रहेको धारणा राखिन्।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले पनि स्टार्टअप विकासका लागि वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए। नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले बैंकिङ क्षेत्रले स्टार्टअप तथा नवउद्यमीलाई उपलब्ध गराउँदै आएका वित्तीय सेवा, कर्जा सुविधा र उद्यम विकासमा बैंकको भूमिकाबारे प्रस्तुति दिएका थिए।

त्यसैगरी नेपाल लघुवित्त बैंकर्स सघका अध्यक्ष रामबहादुर यादबले अब स्टार्टअप इकोसिस्टममा लाघुबित्तालाई समेत समाबेश गर्नुपर्ने जनाउदै स्टार्टअपको जुन बिना धितो ऋण भनेर प्रचारबाजी हुदैछ त्यो कुरा अङ्गीकार लघुबित्तले पहिले नै गरिसकेको बताए ।
त्यसैगरी कार्यक्रममा डिजिटल प्रबिधि र मार्केटिंग तथा ब्राण्ड बारे कार्यपत्र प्रस्तुत गर्दै ओस्कार मान कतिला ले आफुले समान बनाउदा र बेच्दा मानिसको दिमागमा छाप पर्नेखालको बनाउनु पर्छ भन्दै बजार प्रबर्द्दनका बारेमा महत्वपूर्ण धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्वत् प्रवचन दिँदै इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप विकासका लागि उद्यमी, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले भने स्टार्टअप सुरु गर्न चाहने युवाले भोग्नुपर्ने वास्तविक समस्या र सामाजिक सोचबारे महत्वपूर्ण प्रश्न उठाएका थिए ।विद्यार्थीका यी प्रश्नले स्टार्टअपका लागि लगानीको व्यवस्था मात्र पर्याप्त नहुने, त्यसका लागि परिवार, बैंक, समाज र राज्यको सोचमा समेत परिवर्तन आवश्यक रहेको विषयलाई उजागर गरेको थियो।

विशेषगरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र जनशक्तिको उपयोग गर्दै स्थानीय आवश्यकतामा आधारित व्यवसाय सञ्चालन गर्न सके गाउँदेखि सहरसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। त्यसका लागि काठमाडौंमा केन्द्रित अवसरलाई प्रदेश र स्थानीय तहसम्म पुर्‍याउनु, विद्यालय तहदेखि नै उद्यमशीलताको शिक्षा दिनु र युवालाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाउनु महत्वपूर्ण हुने कार्यक्रमको निष्कर्ष थियो।

स्टार्टअप समिट नेपाल–२०२६ ले सातवटै प्रदेशका सम्भावना पहिचान गरी स्थानीयस्तरमै उद्यमशीलताको वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा स्टार्टअप ऋण लिएर ब्यबसाय शुरु गरेका करिब २० जना ब्यबसायीहरुको ब्यबसायिक स्टल तथा सामानहरुको प्रदर्सनी गरिएको थियो  ।कार्यक्रममा झन्डै ४ सय हाराहारी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

राष्ट्रिय खेलकुदको पाँचौँ दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

२०८३ मङ्सिर १३ गते आइतबार: आजको राशिफल

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन कांग्रेसको सरकारलाई आग्रह

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने