भक्तपुरको दुर्गा भवानी मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर दुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।

बिज्ञापन

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

बिज्ञापन

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन तथा अवलोकन गरी पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । नवदुर्गा मन्दिर परिसरमा ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली देवीको पूजा गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । दसैँको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन रही आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’