लेहाभ्रेमाथि पिएसजीको ५–१ को शानदार जित

काठमाडौँ : फ्रान्सेली घरेलु फुटबल प्रतियोगिता लिग वानअन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेहाभ्रेलाई ५–१ गोलले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो ।

बिज्ञापन

खेलको १८औँ मिनेटमा जोस माजाले गोल गर्दै लेहाभ्रेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पिएसजीले त्यसको आठ मिनेटपछि नै मिका गोड्ट्सको गोलबाट खेल बराबरीमा ल्यायो । त्यसको दुई मिनेटपछि अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए ।

बिज्ञापन

दोस्रो हाफमा हाकिमीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । उनले ५५औँ मिनेटमा फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरे भने ६२औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पिएसजीको अग्रता ४–१ बनाए । खेलको ६९औँ मिनेटमा हाकिमीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले यस खेलमा तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसरसमेत सिर्जना गरेका थिए । उनको उत्कृष्ट प्रदर्शन पिएसजीको जितमा निर्णायक बन्यो ।

यस जितसँगै पिएसजीले लिग वानमा आफ्नो शीर्ष स्थान थप मजबुत बनाएको छ । नौ खेलबाट २० अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । यता लिगको पुछारमा रहेको लेहाभ्रे भने लगातार पाँचौँ हार बेहोर्दै दबाबमा परेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित, शृङ्खला भने ३–२ ले जित्यो

एनपीएल : जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- सभापति थापा

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै