सरकारका गतिविधिले लोकतन्त्र र संविधान कमजोर बनाउँदै लगेको महासचिव पोखरेलको आरोप

काठमाडाैँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र राज्यका संवैधानिक निकायहरूलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् ।

बिज्ञापन

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिज्ञापन

उनले उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो भूमिका निर्वाह गर्दा अत्यन्त संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिए । तर, सामाजिक सञ्जालमा भइरहेका गतिविधिले राज्यको गम्भीर जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटीजस्तो बनाइएको उनको टिप्पणी थियो ।

इनाम सापकोटालाई लक्षित गर्दै पोखरेलले निर्वाचन प्रचारका क्रममा प्रधानमन्त्रीसँगै रहेर चुनाव जिताउने अभियानमा सक्रिय एक चर्चित पात्रको भूमिकालाई लिएर प्रश्न उठाए । प्रधानमन्त्रीबाटै समाजका विभिन्न अङ्गलाई प्रभावित पार्न वा नियन्त्रण गर्न परिचालन गर्न खोजिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको उनले बताए ।

बिज्ञापन

महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गरे । जनताले ठूलो अपेक्षासहित दिएको जनादेशअनुसार देश अघि बढ्न नसकेको र परिस्थिति नकारात्मक दिशातर्फ उन्मुख भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक प्रचण्ड

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु