अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै

काठमाडौं । मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ‘मानव तथा जैवमण्डल कार्यक्रम’ अन्तर्गत घोषणा गरिएका जैवमण्डल आरक्षको महत्त्वबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ ।

बिज्ञापन

यी क्षेत्रलाई दिगो विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव सामना गर्ने अभ्यासस्थलका रूपमा लिइन्छ । यहाँ प्रकृति संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई पनि प्राथमिकता दिइन्छ ।

बिज्ञापन

युनेस्कोका अनुसार विश्वभर १४५ देशमा ७९७ वटा जैवमण्डल आरक्ष रहेका छन् । यी आरक्षले लाखौँ वर्ग किलोमिटर क्षेत्र समेट्नुका साथै करोडौँ मानिसको जीविकोपार्जन र जीवनयापनमा सहयोग पुर्‍याइरहेका छन् ।

जैवमण्डल आरक्षले मुख्यतः तीनवटा उद्देश्य पूरा गर्छन् । पहिलो, वन, वन्यजन्तु, पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण गर्नु । दोस्रो, वातावरणीय तथा सामाजिक सन्तुलन कायम राख्दै स्थानीय समुदायको दिगो आर्थिक विकासमा सहयोग पुर्‍याउनु । तेस्रो, अनुसन्धान, वातावरणीय शिक्षा, अनुगमन र तालिममार्फत ज्ञान तथा सीपको विकास गर्नु ।

बिज्ञापन

यस्ता आरक्षलाई व्यवस्थापनका लागि तीन क्षेत्रमा विभाजन गरिएको हुन्छ । मुख्य संरक्षण क्षेत्रमा प्राकृतिक स्रोत र जैविक विविधताको कडा संरक्षण गरिन्छ । मध्यवर्ती क्षेत्रमा संरक्षणसँग मेल खाने सीमित गतिविधि सञ्चालन गर्न सकिन्छ भने संक्रमण क्षेत्रमा स्थानीय समुदायको सहभागितामा दिगो रूपमा प्राकृतिक स्रोतको उपयोग गरिन्छ ।

युनेस्कोले सन् २०२१ मा आफ्नो ४१औँ महासभाबाट हरेक वर्ष नोभेम्बर ३ लाई अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस दिवसले प्रकृति संरक्षण र मानव विकासलाई एकअर्काको विरोधी नभई परिपूरक बनाउने सन्देश प्रवाह गर्छ ।

युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा भने नेपालको कुनै क्षेत्र अहिलेसम्म परेको छैन । यसअघि कन्चनजंगा कन्जरभेसन क्षेत्र र लाङटाङनेशनल पार्कलाई युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा राख्ने विषयमा प्रयास भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

गगन थापाले ओलीलाई किन भेटे ?

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

भन्सार छुटको सिफारिस आब अनलाइनबाटै

काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा नयाँ आतिथ्य अनुभव

मधेशको नेतृत्व नयाँ पुस्ताको हातमा जानुपर्नेमा जोड

‘पाँच पाण्डव’ चलचित्रको प्रस्तुतीकरणप्रति विश्व हिन्दू परिषद् नेपालको आपत्ति, छानबिन र सुधारको माग

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान