मेक्सिकोका विद्यालयमा पढाइ अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध

काठमाडौं : मेक्सिको सरकारले विद्यालयमा पढाइ हुने समयमा विद्यार्थीलाई मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति क्लाउडिया शिनबाम सरकारको यो निर्णय प्राथमिक र माध्यमिक तहका विद्यालयमा लागू हुनेछ ।

बिज्ञापन

सरकारका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मोबाइलको लत, तनाव र पढाइमा ध्यान भङ्ग हुने समस्याबाट जोगाउन प्रतिबन्ध लगाउन लागिएको हो । यद्यपि, शिक्षकको निर्देशनमा शैक्षिक प्रयोजन, स्वास्थ्य समस्या, अपाङ्गता र आपत्कालीन अवस्थामा मोबाइल प्रयोग गर्न छुट दिइनेछ ।

बिज्ञापन

तर मेक्सिकोका विभिन्न क्षेत्रमा अभिभावकले निर्णयको विरोध गरेका छन् । देशमा सङ्गठित अपराध र गोलीबारीका घटना भइरहने भएकाले विद्यालयमा मोबाइल प्रयोग गर्न नपाउँदा आपत्कालीन अवस्थामा आफ्ना सन्तानसँग सम्पर्क गर्न कठिन हुने उनीहरूको चिन्ता छ ।

गत अक्टोबर २२ मा सिनालोआ क्षेत्रमा विद्यार्थी सवार बसमाथि गोली प्रहार भएको घटनाले अभिभावकको चिन्ता थप बढाएको छ । घटनामा बस चालक घाइते भएका थिए भने विद्यार्थीहरू सुरक्षित रहेका थिए ।

बिज्ञापन

यसैबीच, विशेषज्ञहरूले बालबालिकालाई डिजिटल उपकरणको नकारात्मक प्रभावबाट जोगाउन विद्यालयमा मोबाइल प्रयोग नियन्त्रण आवश्यक रहेको बताएका छन् । युनेस्कोका अनुसार विश्वका ११४ देशमा विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै