स्पेनको टेनेरिफे क्लबका स्ट्राइकर जेसस डे मिगुएलको निधन

काठमाडौँ : स्पेनिस दोस्रो डिभिजन क्लब टेनेरिफेका ३० वर्षीय स्ट्राइकर जेसस डे मिगुएलको खेलका क्रममा लागेको गम्भीर चोटका कारण निधन भएको छ ।

बिज्ञापन

सोमबार एन्डोराविरुद्धको खेलमा गोलरक्षक जेसस ओवोनोसँग ठोक्किँदा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । एम्बुलेन्समै हृदयाघात भएपछि स्वास्थ्यकर्मीले पुनर्जीवित गरेका थिए ।

बिज्ञापन

सुरुमा उनको अवस्था स्थिर तर गम्भीर रहेको बताइएको थियो । मंगलबार बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि स्थानीय समयअनुसार बिहान ८ बजे उनको निधन भएको टेनेरिफे क्लबले पुष्टि गरेको छ ।

घटनापछि खेलाडीहरू भावुक बनेका थिए । रेफ्रीले गोलरक्षक ओवोनोलाई सोझै रातो कार्ड देखाउँदै खेल स्थगित गरेका थिए । दुवै क्लबले डे मिगुएलको निधनप्रति दुःख व्यक्त गर्दै परिवार र आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक प्रचण्ड

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको हवाई उद्धार

रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी

भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल आइपुगे काठमाडौं

इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट