इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट

काठमाडौं : अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ ।

बिज्ञापन

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण अमेरिकाले गरेको दाबी गरेको छ । तर इरानी सञ्चारमाध्यमले अमेरिका वा इजरायलको संलग्नता पुष्टि गरेका छैनन् ।

बिज्ञापन

सामरिक रूपमा महत्त्वपूर्ण केश्म टापु होर्मुज जलडमरूमध्यको प्रवेश क्षेत्रमा अवस्थित छ । इरानले यहाँ सुरुङ, भूमिगत सैन्य संरचना, तटीय क्षेप्यास्त्र प्रणाली र तीव्र गतिका आक्रमणकारी नौका राखेको बताइन्छ । यस क्षेत्रबाट विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास आपूर्ति हुने भएकाले टापुको सामरिक महत्त्व बढी छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल पुनः आक्रमण गर्ने योजना नरहेको बताएका छन् । उनले इरानसँग सम्झौता हुन सक्ने आशा व्यक्त गर्दै दुई देशबीच ठूलो युद्धको सम्भावना घटेकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल करिब १० डलर घटेको दाबी गरेका छन् ।

बिज्ञापन

अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाएको थियो । तनावका कारण होर्मुज जलडमरूमध्यमा जहाज आवागमन प्रभावित हुँदा विश्व बजारमा तेल आपूर्तिको चिन्ता बढेको थियो ।

पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई साताको युद्धविराम भए पनि इस्लामाबादमा भएको वार्ता सफल हुन सकेन । त्यसपछि जुनमा व्यापक सम्झौताका लागि समझदारीपत्र तयार भए पनि अगस्टसम्म युद्धविराम प्रभावकारी हुन सकेन । पछिल्लो विस्फोटले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने आशंका पैदा गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस

वेस्ट ह्यामका प्रशिक्षक नुनो बर्खास्त

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक प्रचण्ड

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको हवाई उद्धार

रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी

भारतका नवनियुक्त राजदूत दलेला कार्यभार सम्हाल आइपुगे काठमाडौं

इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट