अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

काठमाडौँ : अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् ।

बिज्ञापन

यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ ।

बिज्ञापन

राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही राज्यका गभर्नर पदका लागि पनि मतदान हुने व्यवस्था छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्रेटिक पक्षसँग मिलेर काम गर्छन् । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । यसपटक चुनाव हुन लागेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्रेटिक पार्टीका छन् ।

तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सिटमा प्रतिस्पर्धा हुँदैछ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक छ । रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिसम्बन्धी कानुन पारित गराउन कठिन हुने विश्लेषण गरिएको छ । दुवै सदनमा बहुमत कायम राख्ने रिपब्लिकन र बहुमत हासिल गर्ने डेमोक्रेटिक पार्टीको लक्ष्य छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन् – अब सरकारसँग कानुनी लडाइँ लड्छु

काँग्रेसको पदाधिकारी बैठक बस्दै

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको मिसिल झिकाउन आदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा