एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ । पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाएका थिए भने निरोशन डिकवेलाले अविजित २७ रन बनाएका थिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुनारत्नेले सर्बाधिक २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । त्यस्तै लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक एक विकेट लिएका छन् ।

बिज्ञापन

तेस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो । एक खेल चितवनसँग बर्षाले रद्ध हुदा अंक बाँडेको लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै