पोखरामा पुष्प मेला सुरु, फूलमा आत्मनिर्भर बन्न जोड

पोखरा : नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए। उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै गुणस्तरीय उत्पादन र व्यवस्थित बजारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बिज्ञापन

उनका अनुसार पोखरा क्षेत्रमा दुई सय रोपनीभन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । पोखरामा वार्षिक दुईदेखि तीन करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।

बिज्ञापन

मेलामा गोदावरी, सयपत्रीलगायत विभिन्न प्रजातिका फूल तथा सजावटी बिरुवाको प्रदर्शनी र बिक्रीवितरण भइरहेको आयोजकले जनाएको छ। मेलाको उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, पुष्प व्यवसायको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्नु रहेको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाको २३९ करोड खर्च, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

व्यापक पुनर्संरचना गर्दै क्यानभा, १२ सयभन्दा बढी कर्मचारी प्रभावित हुने

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

पोखरामा पुष्प मेला सुरु, फूलमा आत्मनिर्भर बन्न जोड

आईजीपी फेरबदलबारे साम्पाङको प्रश्न : प्रहरीको मनोबल बढ्यो कि घट्यो ?