जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

काठमाडाैँ : परराष्ट्रमन्त्री शिशिर खनालले मानव संसाधन विकास, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तन र विपद् उत्थानशीलताका क्षेत्रमा जापान र दक्षिण एसियाबीच सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् ।

बिज्ञापन

दक्षिण एसियाली जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी सङ्घहरूको अन्तर्राष्ट्रिय सम्मेलन २०२६ लाई बिहीबार ललितपुरमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

बिज्ञापन

उनले नेपालको विश्वासिलो विकास साझेदारका रूपमा जापानले निरन्तर पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे । साथै, विश्वविद्यालयका पूर्वविद्यार्थी सञ्जालले शैक्षिक ज्ञान र अनुभवलाई व्यवहारिक नीतिगत समाधानमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

नवप्रवर्तनलाई गति दिन र भविष्यलाई थप सुरक्षित तथा उत्थानशील बनाउन जापान र दक्षिण एसियाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

बिज्ञापन

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित

नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेलधुराबाट एक जना पक्राउ

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद

तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १३५ जना घाइते