काँग्रेस बाढी प्रभावित तीन जिल्लामा जाने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको अवस्था बुझ्न छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित बस्तीमा पुग्ने निर्णय गरेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित तीन जिल्लाका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।

बिज्ञापन

बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै उनीहरूको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माण कार्यलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसले जनाएको छ ।

बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । छठ पर्वलगत्तै प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेपछि पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी तय गरिने कांग्रेसले जनाएको छ ।

बिज्ञापन

प्रभावित नागरिकलाई आवश्यक सहयोग, सहकार्य र सहजीकरणका कामलाई पार्टीका तर्फबाट प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै