‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा

काठमाडौं । साइबर ठगी तथा अनलाइन आर्थिक अपराध नियन्त्रणका लागि नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा शुक्रबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो ।

बिज्ञापन

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो ।

बिज्ञापन

केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा प्रदायक, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू एउटै भौतिक कक्षमा बसेर एकीकृत रूपमा काम गर्नेछन् ।

साइबर स्क्याम तथा ठगीका घटनामा तत्काल प्रतिकार्य गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने र डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको छ ।
केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबीसै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । यसका लागि सम्पर्क अधिकृत तोक्नुका साथै १२४७ आकस्मिक फोन नम्बरसमेत सञ्चालनमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’