इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

काठमाडौँ : इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।

बिज्ञापन

विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका १९ सांसदसहित कुल ६७ सांसदको समर्थन प्राप्त भएको दाबि गरिएको छ । यता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पक्षमा ४६ सांसद देखिएका छन् भने सात सांसदले कुनै पक्षलाई समर्थन गरेका छैनन् ।

बिज्ञापन

तर, आइजेनकोटलाई समर्थन गरेको दक्षिणपन्थी दल इजरायल बेइतेनुले अरब दलको समर्थनमा बन्ने सरकारमा सहभागी नहुने संकेत दिएको छ । अर्कोतर्फ, यहुदी धार्मिक दलले नेतन्याहूलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

राष्ट्रपति हर्जोगले संसदीय समर्थन र राजनीतिक दलबीचको सहकार्यको सम्भावना हेरेर सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यू-१९ एशिया कप: आज नेपालले युएईको सामना गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ कार्तिक २२ गते आइतबारको राशिफल

डा. महतको दाबी – ‘पार्टीको आधिकारिकता हामीले नै पाउछौं !’

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौँ ३६ रनले विजयी

प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’