पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।सोमबार सम्पन्न पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछाएको कर्णालीले १८.३ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो ।

बिज्ञापन

कर्णालीका लागि पवन सराफले ३२ रन बनाएका थिए भने दिपक डुम्रेले २२ र आरिफुल इस्लामले २४ रन बनाएका थिए । त्यस्तै पोखराका बलर मेहदी हसनले ३ विकेट लिए भने धनन्जय लक्शान, कुशल भुर्तेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।

बिज्ञापन

यसअघि पोखराले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका लागि ओपनर युवराज समराले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दै १-२ रन बनाएका थिए भने कुशल भुर्तेलले ६२ रन बनाएका थिए ।  त्यस्तै कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहेका थिए ।

कर्णाली याक्सको लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । मार्क वाटले १ विकेट लिए। पोखरा र कर्णाली दुवैको यो पाँचौं खेल हो ।

बिज्ञापन

यो जितपछि पोखराको हारको सिलसिला रोकिएको छ र लगातार चार हारपछि पहिलो जित हासिल गरेको छ । त्यस्तै कर्णाली याक्सले भने तेस्रो हार बेहोरेको छ । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो- अध्यक्ष ओली

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

पोखराको हारको सिलसिला रोकियो, कर्णालीमाथि ६३ रनको जित

अहिलेसम्मका टप फाइभ न्यूज

काठमाडौं महानगरमा प्रतिबन्ध लगाएका प्लास्टिकका माला र पुष्पगुच्छा जफत

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओली

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित