शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै

काठमाडौं । शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको मूल नारा ‘विज्ञान कूटनीतिमार्फत साझा आधार निर्माण’ तय गरिएको छ ।

बिज्ञापन

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्ष विज्ञानलाई अन्तर्राष्ट्रिय सहकार्य, संवाद र साझा अनुसन्धानको माध्यमबाट देशहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित गरेको छ । राजनीतिक तनाव र मतभेदका बीच पनि विज्ञानले विभिन्न देश र समुदायलाई साझा उद्देश्यमा जोड्न सक्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

बिज्ञापन

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, जनस्वास्थ्य सङ्कट तथा नयाँ प्रविधिको विकासजस्ता विश्वव्यापी चुनौती कुनै एउटा देशको प्रयासले मात्र समाधान गर्न सम्भव छैन । यस्ता समस्या समाधानका लागि वैज्ञानिक ज्ञान, अनुसन्धान, प्रविधि र अनुभवको अन्तर्राष्ट्रिय आदानप्रदान आवश्यक रहेकोमा यस वर्ष जोड दिइएको छ ।

विज्ञान कूटनीति भन्नाले वैज्ञानिक अनुसन्धान र सहकार्यलाई देशहरूबीच संवाद, विश्वास तथा सम्बन्ध विस्तारको माध्यमका रूपमा प्रयोग गर्नु हो । यसले राजनीतिक सम्बन्ध तनावपूर्ण भएका अवस्थामा समेत वैज्ञानिक समुदाय, अनुसन्धान संस्था र विश्वविद्यालयबीच सहकार्यका अवसर सिर्जना गर्न सक्छ। जलवायु अध्ययन, महामारी नियन्त्रण, प्राकृतिक विपद् व्यवस्थापन र वातावरण संरक्षण यसका महत्वपूर्ण क्षेत्र हुन् ।

बिज्ञापन

विश्व विज्ञान दिवसले समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, शान्ति र दिगो विकासका लागि वैज्ञानिक सहकार्य प्रवर्द्धन गर्ने तथा अनुसन्धान र वैज्ञानिक उपलब्धिलाई आमनागरिकसम्म पुर्‍याउने उद्देश्य राखेको छ ।

युनेस्कोले सन् २००१ मा घोषणा गरेको यो दिवस सन् २००२ देखि हरेक वर्ष नोभेम्बर १० मा मनाउन थालिएको हो । यस अवसरमा विश्वभरका शैक्षिक संस्था, अनुसन्धान केन्द्र, वैज्ञानिक समुदाय र विभिन्न सङ्घसंस्थाले छलफल, कार्यशाला, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

२०८३ कार्तिक २५ गते बुधबारको राशिफल

एनपीएल : सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

सभामुख अर्याल र गृहमन्त्री गुरुङद्वारा शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण