८१ वर्षीय एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

काठमाडौं : बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’ का लागि यस वर्षको बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा पाका लेखक बनेका छन् ।

बिज्ञापन

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार प्रदान गरिएको थियो । करिब ६० वर्षदेखि लेखन क्षेत्रमा सक्रिय ह्यारिसनका आफ्नै पाठक र प्रशंसकको विशेष समूह रहेको छ ।

बिज्ञापन

उनको विजयी उपन्यास रहस्यमय विपत्तिपछि पूर्ण रूपमा परिवर्तन भएको बेलायती समाजको कथामा आधारित छ । उपन्यासलाई लिएर पाठक तथा समीक्षकबीच फरक धारणा देखिएका छन् । केही समीक्षकले यसलाई उदास तर उत्कृष्ट तथा सपनाजस्तो र जटिल कृति भनेका छन् ।

पुरस्कार निर्णायक समितिकी अध्यक्ष डेम मेरी बियर्डले उपन्यास पढ्न चुनौतीपूर्ण भए पनि उत्कृष्ट साहित्यको उदाहरण भएको बताएकी छन् । उनका अनुसार पुस्तकले पाठकलाई सोच्ने नयाँ दृष्टिकोण दिनुका साथै कथाको गम्भीर विषयवस्तुका बाबजुद आशाको किरण पनि देखाउँछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११: ०७ बजे

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

२०८३ कार्तिक २५ गते बुधबारको राशिफल

एनपीएल : सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री गुरुङ

सभामुख अर्याल र गृहमन्त्री गुरुङद्वारा शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण