बिज्ञापन
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विहिबार बिहान रिहा भएका छन् । रायमाझी ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाएर रिहा भएका हुन् ।
बिज्ञापन
काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारलाई संशोधित कैदीपुर्जी पठाएको थियो । रायमाझीलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।















