छठपर्वका व्रतालुले आज ‘नहाय-खाय’ विधि गर्दै

काठमाडौँ । श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले ‘नहाय-खाय’ विधि गर्दैछन् । बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा ‘नहाय-खाय’ भनिन्छ ।

बिज्ञापन

छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन् । पर्वको दोस्रो दिन भोलि शनिबार ‘खर्ना’ मनाइन्छ । खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति ‘अरवा-अरबाइन’ (नुन नहालेको) खानेकुरा खाने चलन छ ।

बिज्ञापन

त्यस्तै, षष्ठी तिथिका दिन मुख्य पूजा गरिन्छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अर्घ्य दिइनेछ । घरघरमा गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरियाजस्ता पकवानका साथै विभिन्न किसिमका फलफूल, मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती तथा ठूलो ढाक्कीमा राखेर अर्घ्य दिने चलन छ। मुख्य पूजाका अवसरमा परिवारका सम्पूर्ण सदस्य भक्तिभावका साथ लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिकै निर्माण गरिएको छठ घाटसम्म पुग्ने गर्दछन् ।

त्यसैगरी, पर्वअन्तर्गत सोमबार बिहान पुनः छठघाटमा पुगी अघिल्लो दिनको क्रम दोहोर्‍याउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गर्ने रीति छ ।

बिज्ञापन

व्रतालुहरू रातभर व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट सप्तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्वको समापन हुनेछ । छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

छठपर्वका व्रतालुले आज ‘नहाय-खाय’ विधि गर्दै

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

एनपीएल : कर्णालीलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

विराटनगर किंग्ससँग हारेपछि प्लेअफको दौडबाट बाहिरियो पोखरा

रिहा भए टोपबहादुर रायमाझी

एनपीएलमा आज दुई खेल हुदै

विपद्को सुरुवाती चरणमा लाखौँ सन्देश पठाइए पनि पर्याप्त भएनन्- परराष्ट्रमन्त्री खनाल

२०८३ कार्तिक २६ गते विहिबारको राशिफल