परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ को अवसरमा टर्कीको अन्टाल्यामा भएको भेटवार्तामा मन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि महासचिव गुटेरेसले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए ।

बिज्ञापन

उनले संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गुटेरेसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बहुपक्षीय सहकार्य, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासलाई अघि बढाउन उनको प्रतिबद्धताको सराहना गरेका थिए ।

बिज्ञापन

भेटमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख मुलुकका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुविपद् पूर्वसूचना प्रणाली, जलवायु वित्तको विस्तार र जलवायु कार्यबारे पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एनपीएलमा प्लेअफको समीकरण रोचक, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

भीमफेदी सडकखण्डमा रातिको सवारी आवागमनमा रोक

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १६१ जना घाइते

विश्व मधुमेह दिवस आज मनाइदै

गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग खोज्दै नेपाल

नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर

छठ पर्वको आज दोस्रो दिन,खरना विधि गरिँदै