प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् । आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भ्रमणका महत्वपूर्ण कार्यक्रममा भाग लिने तालिका रहेको छ ।

बिज्ञापन

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा पुगेका शाहको आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता भएको थियो ।

बिज्ञापन

यस्तै, आज नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय वार्ता गर्ने छन् भने आजै हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुने कार्यसूची रहेको छ । साथै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् ।

बिज्ञापन

त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत सहभागी छन् । साथै निजी क्षेत्रबाट ५२ जनाको टिम आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री भ्रमण सम्पन्न गरी आजै साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने तालिका छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

गण्डकी परिक्रमा महोत्सव आजदेखि

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

कस्तो छ आजको मौसम पूर्वानुमान ?