राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहिन

काठमाडौँ : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कांस्यसहित कुल ४० पदक जितेको छ ।

बिज्ञापन

पदक तालिकाको दोस्रो स्थानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेको छ । एनआरएनएले १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेको छ ।

बिज्ञापन

नेपाली सेना १० स्वर्ण, १७ रजत र १७ कांस्य गरी कुल ४४ पदकसहित तेस्रो स्थानमा छ। नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १७ कांस्यसहित ४० पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यस्तै, कोशी प्रदेशले ३ स्वर्णसहित ३ पदक जित्दा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कांस्य गरी ७ पदक जितेको छ । सशस्त्र प्रहरी बलको टोलीले २ स्वर्णसहित २ पदक जितेको छ ।

बिज्ञापन

त्यस्तै लुम्बिनी प्रदेशले २ रजत र २ कांस्यसहित ४ पदक तथा गण्डकी प्रदेशले १ रजत र २ कांस्यसहित ३ पदक जितेका छन् । मधेस प्रदेशले १ कांस्य पदक जित्दा कर्णाली प्रदेशले भने अहिलेसम्म पदक जित्न सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड

‘झोले’ को ट्याग हटाउन रास्वपाले ‘स्मार्ट डायरी’ प्रयोग गर्ने

अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन कांग्रेसको सरकारलाई आग्रह

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध