जीवन बीमा व्यवसाय: एक खर्ब ४२ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरूले करिब डेढ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार गत आवमा जीवन बीमा कम्पनीहरूले एक खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

जसका लागि कम्पनीहरूले एक करोड ४१ लाख ३७ हजार १०२ बीमालेख जारी गरेका थिए । यस अवधिमा कम्पनीहरूले ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ११ अर्ब ११ करोड ७० लाख रुपैयाँ बीमालेख नवीकरण शुल्कका रुपमा संकलन गरेका हुन् ।

नेपाल लाइफ ‘नम्बर वान’

बीमा प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार गत आवको असार मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । गत आवमा बीमाशुल्क संकलन गर्ने जीवन बीमा कम्पनीहरूमध्ये ‘पहिलो नम्बर’मा नेपाल लाइफ इन्स्योरेन्स बन्दा यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३७ अर्ब १७ करोड ५१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसका लागि यस कम्पनीले ११ लाख ५ हजार ३६५ वटा बीमालेख बिक्री गरेको थियो ।  

तीन कम्पनीले संकलन गरे १४ अर्ब बढी संकलन

गत आवमा तीन वटा जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब ४६ करोड १४ लाख  बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले १६ अर्ब ४३ करोड ११ लाख गरेको छ ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले १४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो बीमाशुल्क यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा संकलन गरेको हो ।

सबैभन्दा कमजोर महालक्ष्मी लाइफ

जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा कमजोर महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । गत आर्थिक वर्षमा यस कम्पनीले एक अर्ब ५८ करोड ३० लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । जसका लागि यस कम्पनीले ३५ हजार १५ वटा बीमालेख जारी गरेको थियो ।

कस्तो छ अन्यको संकलन ?

त्यस्तै, गत आवमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७९ करोड ५९ लाख, आइएमई लाईफ इन्स्यारेन्सले ४ अर्ब १८ करोड ४६ लाख, मेट लाइफ इन्स्यारेन्सले ५ अर्ब २६ करोड २२ लाख, सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ५ अर्ब ६७ करोड ६ लाख र सिटिजन लाइफ इन्स्यारेन्सले ५ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ७८ करोड ५९ लाख  बीमाशुल्क संकलन गर्दा प्रभु लाइफ इन्स्योरेन्सले भने दुई अर्ब ७ करोड ६४ लाख मात्रै संकलन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३ करोड ९८ लाख बीमाशुल्क संकलन गरेको छ भने सुर्यज्योती लाइफ इन्स्यारेन्सले ८ अर्ब ८१ करोड १५ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, यस अवधिमा एशियन लाइफ इन्स्यारेन्सले ७ अर्ब एक करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्