सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (चैत ५ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्