अर्थतन्त्र समस्यामा छैन भने तथ्यांक किन सार्वजनिक गरिदैनः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले अर्थतन्त्र ठिक छ भनेर तथ्यांक सार्वजनिक नगरेको प्रति चिन्ता व्याख्त गरेका छन् । उनले भने, यदि सरकारले भनेको जस्तो अर्थतन्त्र ठिक अबस्थामा छ भने सबै क्षेत्रका तथ्यांक सार्वजनिक गर्न अनुरोध गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यदी अर्थतन्त्र समस्यामा छैन भन्ने हो भने नेपाल सरकारले न्म्ए को तथ्यांक किन सार्वजनिक गरेको छैन् ? भनेर प्रश्न गरेका थिए ।
त्यस्तै उनले आर्थिक वर्ष २०७९/८० मा वार्षिक बृद्धिदर २.१६ हुने अनुमान गरिएको थियो । तर आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा आर्थिक बृद्धिदर ०.३४ प्रतिशतले ऋणात्मक र दोस्रो त्रैमासमा पनि ०.७३ प्रतिशतले ऋणात्मक देखिएको तथ्यांक सार्वजनिक गरेका थिए । अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा पनि ०.२४ प्रतिशतले ऋणात्मक थियो । यसरी लगातार तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएकोले अर्थतन्त्र मन्दीमा गएको भनेर सीएनआइले भन्दै आएको उनले बताए । सरकारले गत वर्षको तेस्रो र चौथो त्रैमासको र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अहिलेसम्म सार्वजनिक नगर्नुलाई कसरी लिने उनले सरकारलाई प्रश्न गरेका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बैंकहरुमा जम्मा स्थानीय तहको रकम खर्च गर्ने प्रणालीको प्रबन्ध गरिनुपर्ने माग समेत राखेका थिए । उनले भने, ‘हाल बैंकहरुमा राखिएको देशभरका स्थानीय सरकारहरुको रकम (संघीय सरकारले स्थानीय सरकारलाई दिने सशर्त अनुदान) खर्च गर्ने प्रणाली÷व्यवस्था नभएकाले उक्त रकम बजारमा आउन सक्ने अवस्था छैन ।’

यो एकातर्फ तरलता अभाव हलमा उपयोग हुन सकेको छैन भने उक्त रकम प्रणालीमा संचार नभएर खर्च गर्न नमिल्ने गरी बैंकमै पार्क भएर बस्दा तरलतामा परेको चापले बैंक ब्याजदर पनि महँगो बनाउनमा यसले बल पुर्याइरहेको उनको तर्क छ । बैंकको मुद्दती निक्षेपमा केन्द्रित संस्थागत कोषहरुको रकमलाई ठूला पूर्वाधार विकासमा परिचालन गरिनुपर्ने उनको सुझाव रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्