नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एक दिवसीय सिरिज

काठमाडौँ l नेपाल ए टोलीलाई हराउँदै आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको क्यानडा–११ ले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको तीन खेलको अन्तिम तथा निर्णायक खेलमा नेपाल ए टोलीलाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो।

पहिलो खेल ४ विकेटले गुमाएको नेपाल ए टोलीले दोस्रो खेलमा २ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको थियो। तर तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएसँगै सिरिज जित्ने मौका गुमायो। 

यसअघि क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिज नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्लीन स्वीप गरेको थियो। 

क्यानडा अब युएईमा हुने स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ। सिरिजको पहिलो खेलमा क्यानडाले बुधबार घरेलु टोली युएईको सामना गर्नेछ। 

नेपालले दिएको १ सय ८२ रनको सामान्य लक्ष्य क्यानडा–११ ले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

क्यानडा–११ का निकोलस किर्तन ५८ र साद विन जफर १ रनमा नटआउट रहे। ओपनर आरोन जोनसन ४२ रन बनाउँदा शाहब आलमको बलमा विकेट किपर अर्जुन कुमालको हातबाट आउट भए। 

नवनित डालिवाल ३८ रनमा बसिर अहमदको बलमा रासिद खानको बलमा क्याच आउट भए। निखिल दत्त १४ रन बनाउँदा क्याच आउट हुन पुगे। 

नेपालका लागि साहब आलमले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। साहबले आफ्नो स्पेलमा ३६ रन दिए। शेर मल्ल र बसिर अहमदले समान एक विकेट लिए। 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ का कप्तान साद बिन जफरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो। 

पहिलो विकेटका लागि ओपनर अर्जुन कुमाल र आशुतोस घिरैयाले १३.५ ओभरमा ५४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

ओपनर आशुतोष घिरैया १३.५ ओभरमा २८ रन बनाउँदा साद विन जफरको बलमा विकेटकिपर श्रीमान्था विजयरत्नेको हातबाट क्याच आउट भए। 

अर्का ओपनर अर्जुन २१ औँ ओभरको दोस्रो बलमा २७ रन बनाउँदा डिलोन हेलिगरको बलमा विकेट किपरकै हातबाट आउट भए।

कप्तान सन्दीप जोरा २३ औँ ओभरको दोस्रो बलमा २४ रन बनाउँदा डिलोन हेलिगरकै बलमा आउट भए। ३१ औँ ओभरको दोस्रो बलमा रासिद खान १९ बनाउँदा कलिम सानाको बलमा आउट भए।

३९ औँ ओभरको चौथो बलमा सुजन थपलिया २० रन बनाउँदा निकोलस कीर्तनको बलमा एलबीडब्लु धरापमा परे। 

बसिर अहमद ४२ औँ ओभरको चौथो बलमा हर्श थाकरको बलमा २५ रन बनाउँदा रन आउट हुन पुगे। 

प्रतिश जिसीले १९ रन बनाउँदा हर्श ठाकेरको बलमा क्याच आउट हुन पुगे। 

हेमन्त धामीले ६ रन बनाउँदा रन आउट भए। शेर मल्ल २ रन बनाउँदा निकोलस किर्तोनको बलमा एलबीडब्लु धरापमा परे। साहब आलम शुन्य रनमा नै हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। 

क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्श ठाकेरले समान २ विकेट लिए। कलिम साना, साद विन जफरले समान एक विकेट आफ्नो नाममा गरे। 

कप्तान विनोद भण्डारी बिरामी परेका कारण आजको खेलमा पनि उपलब्ध छैनन्। उनको अनुपस्थितीमा सन्दीप जोराले नै कप्तानी सम्हालेका छन्। 

सिरिजको अन्तिम खेलमा नेपाल ए टोलीका आज ४ खेलाडी परिवर्तन गरेका थिए। मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन्। आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा अटाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्