सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको १ लाख ३९ हजार नाघ्यो
![](https://samayahub.com/uploads/shares/2024/04/imageinfo/2024-04-16-05-41-11-Gold_EDited.jpg)
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको हो।
अघिल्लो कारोबार दिन सोमबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी एक तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।