अध्यक्ष सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिदै

काठमाडौ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उनलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो । 

हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए। बयानपछि अदालतमा उपस्थित गराइने उनले जानकारी दिए । 

उनलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्