कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं : राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक अघि बढ्न सकेन।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरूलाई आग्रह गरे। संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन नपाएको भन्दै बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गरे।तर पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए।

सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्