लागूऔषधसहित दुई युवा पक्राउ

काठमाडौ : लागूऔषध ब्राउन सुगरसहित सल्यानमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका २ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

कल्लेखोलास्थित राप्ती राजमार्गमा सवार गाडी जाँच गर्ने क्रममा जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ का लान्तीदेखि शंखमुलतिर जाँदै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकल रोकी त्यसमा सवार पाण्डव गिरी र डिप्लप थापाको पर्स जाँच गर्दा पाण्डवको पर्समा प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा ११० र धुलो मात्र ६० मिलीग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

चालक गिरीले चलाएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धमलाले जानकारी गराए । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्