सुन व्यवसायीविच जर्तिमाथिको विवाद , रिद्धिसिद्धि र महासंघविच आरोप-प्रत्यारोप

कृष्णानन्द भट्ट 

काठमाडौँ : सुनको गरगहनाको खरिद बिक्री गर्दा सेवाग्राहीलाई जर्ती वाफतको शुल्क कटौती गरेसंगै आफू विरुद्ध सुन व्यवयासीले विषवन गरिरहेको नरेन्द्र गुप्ताले बताएका छन्। उनले श्री रिद्धि सिद्धि ज्वलर्सविरुद्ध अन्य व्यवसायीले  वाहियात वक्तव्य दिदै हिडेको आरोप लगाए ।

 उता नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा  विज्ञप्ति जारी गर्दै  सुनको जर्ती नलिने घोषणा गर्ने श्रीरिद्धि सिद्धि ज्वेलर्सले सम्बन्धित गहना व्यवसायीलाई अन्योलमा पारेको र कालीगढबीच द्वन्द्व सिर्जना गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।सरकारले गहना व्यवसाय सञ्चालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका जारी नगरेको अवस्थामा गहना व्यवसायीको छाता सङ्गठनले आपसी समजदारीमा निर्धारण गरेको विधि तथा पद्धतिलाई  देशभर सञ्चालित व्यवसाय संचालन हुँदै आएकोमा केही व्यवसायीले आफू खुसी  विभिन्न अफर दिएर आम उपभोक्ता र सुनचाँदी  व्यवसायी एवं कालीगढबीच अविश्वासको सङ्कट पैदा गराएको उल्लेख गरेको छ। 

मजदुरको पारिश्रमिक, निर्माणको क्षति, जर्ती, ज्याला आदिमा नेपाल सरकारले विभिन्न समयमा परिपत्र जारी गर्दै आएको छ। नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम किटानी गरेको बताएको छ। यसगरी टक्सार विभगले समेत  सिक्का टकमरीमा पनि ७।२ प्रतिशत जर्तीको व्यवस्था गरेको र यही व्यवस्था अनुरुप कुनै फर्म वा कम्पनीले जर्ती वाफत नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना विक्री गर्नु सुनचाँदी बजारमाथी अस्वस्थ प्रतिस्पर्धामा धकेल्नु गलत भएको महासंघको दाबी छ। 

अर्जुन रसाईली, किसान सुनार, प्रचण्ड शाक्यले सयुक्त विज्ञप्ति जारी श्रीरिद्धि सिद्धि ज्वलर्सका सञ्चालक नरेन्द्र गुप्ताले आफ्नो कदम उपभोक्ता मैत्री रहेको भन्दै सस्थाले गरेको निर्णयमाथि पुनर्विचार नगर्ने दाबी गरेको छन्। वरिष्ठ सुन व्यवसायी गुप्ताले आफ्नो कम्पनीले जर्ती वाफतको शुल्क नलिने र तयारी गहनाको ७ प्रतिशत शुल्कमै उपभोक्तालाई विक्री वितरण गर्ने घोषणा गरेका छन्। यसअघि १२ प्रतिशत शुल्क भएता पनि आफूले ७ प्रतिशत मै ग्राहकलाई उपलब्ध गराउने गरी असार १५ गतेसम्मको लागि यो अफर ल्याएको बताएका छन्। असार १५ गते पश्चात् पनि जर्ती बापतको शुल्क सेवाग्राहीबाट नलिने दाबी गरेका छन्।

सुनचाँदी व्यवसायी बिच बढ्दो टकरावले अन्य व्यवसायीमाथी चुनौती खडा भएको छ। यश वीच यो अफरले व्यवसायीमाथी हिलो छ्यापाछ्याप भएपछि विज्ञप्ति जारी गर्नेसम्मको अवस्थामा पुगेका छन्। सुन व्यवसायी गुप्ताले कोटाको सुनमाथिको बेथितिको कारण यो अवस्था सृजना भएको भन्दै विगतदेखि नै विरोध गर्दै आएका छन्। 

काम गर्दा अलि अलि सुन हराउने कुरा ठिकै भएतापनि हराएको सुन बापत जर्ती भनेर ग्राहकसँग लिनु तेति उचित नहुने उल्लेख गर्दै ज्याला भनेर लिनुस् भनेर आफुले यो आन्दोलन गरेको  गुप्ताले बताए। मेरो आन्दोलन विरुद्धमा मेरा प्रतिस्पर्धी लागेका छन्, मेरो अनुरोध छ, यहाँहरु ग्राहकको पक्षमा लाग्नुहोस्। गुप्ताले कोटाको आडमा सुनको तस्करी भयो भन्दाआफू विरुद्ध खनिएको समेत बताए। मैले उपभोक्ताको साथ पाएको छु। हामीले गरेको जर्तीको निर्णयमा जस्तो सुकै दबाब आएतापनि पछि नहट्ने बताए। सुनको जर्तीको नाममा सयौँ किलो सुन अपचलन भईरहेको समेत दाबी गरे। यसको गम्भीर अनुसन्धान हुनुपर्छ गुप्ताले भने । 

यसैगरी सुनचाँदी व्यवसायी बीचमा जर्तीको विषयमा पछिल्लो समय देखिएको विवादको बिच सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियान’ गठन भएको छ। बजार व्यवस्थित गर्न भन्दै काठमाडौँ सुनचाँदी व्यावसायिक संघका अध्यक्ष रोहिणीदेवी शाक्यको संयोजकत्वमा यो समिति गठन भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्