हामी सरकारकै अंग हौं, हामी बीच कुनै मनमुटाव छैन: कार्यकारी निर्देशक घिसिङ
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण र सरकारबीच कुनै मनमुटाव नभएको दाबी गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला भएजस्तो प्राधिकरण र सरकारबीच कुनै मनमुटाव नरहेको बताए।
उनले विद्युत प्राधिकरण सरकारकै अंग भएको बताए। विद्युत प्राधिकरण र सरकारबीचको सम्बन्धमा कुनै मिसअन्डरस्ट्यान्डिङु छैन। विद्युत प्राधिकरण सरकारकै अंग हो, उनले भने।
डेडिकेटेड र ट्रंकलाइन आफू आउनुभन्दा पहिले नै लागू भएकाले उद्योगीहरूले बक्यौता रकम तिर्ने उनको विश्वास छ। म २०७३ मा विद्युत प्राधिकरणमा आएको हुँ। डेडिकेटेड र ट्रकंलाइन २०७२ मै सुरु भएको हो। हामीले व्यवस्थित गरेर बिलिङ गर्ने काम गरेका हौं। उहाँहरू (उधोगीहरू)ले बक्यौता रकम तिर्नुहुन्छ भन्ने विश्वास छ,उनले भने।
उनले उद्योगीहरूले प्रक्रियामा नआएर अदालत गएको आरोप लगाए। प्रक्रियामा आएको भए सबै विषयको छिनोफानो हुने उनको भनाइ छ।