सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरी लाभान्वित छन् : वनमन्त्री ठकुरी
काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताए । शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस-२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम सुरु भएको बताए । उनले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए ।
‘‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्त्वपूर्ण वन कार्यक्रम हो ।
यसबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन्।’’ उनलृ भने, ‘‘करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएका छन्।नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय छन् ।
सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्त्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको छ ।’’