तोलामा १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : दशैंअघि उच्च रेकर्ड कायम गरि सुस्ताएको सुनको मूल्य फेरि वढ्न थालेको छ । आज सुनको मूल्य तोलामा १३ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्