बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेकी बुढा विजयी

काठमाडौं : स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । 

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् । 

अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्