करिब १ सय ११ केजी गाँजा सहित एक जना पक्राउ

काठमाडौं : मकवानपुरको  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित कैलाश गाउँपालिका-२ डाडाँखर्क बस्ने ३४ वर्षीय रावाल स्याङ्ग्बोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बा.७ च २५१० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाभित्र खाली क्रेटले छोपी लुकाई छिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको १० वटा  पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रावाललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्