बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज ठेगाना भएकी ५७ वर्षीया सुधा बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सुधा समेत भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट कुल ९० लाख ५० हजार रूपैयाँ विगो फैसला ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन ललितपुर पठाइएको  प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्