अवैध लागूऔषध गाँजा बरामद

काठमाडौं : मोरङको  बिराटनगर महानगरपालिका-१८ रेल्वेबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले प्लाष्टिकको बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्