भूमिसम्बन्धी अध्यादेश नसच्याएर सरकारबाट बाहिरिने लोसपा अध्यक्ष ठाकुरको चेतावनी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमिसम्बन्धी अध्यादेश नसच्याएर सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

लोसपा जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो चेतावनी दिएका हुन् । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेशविरोधी रहेको उनको दाबी छ ।

उनले उक्त अध्यादेश आफूहरुलाई कुनै हालतमा पनि स्वीकार्य नरहेको बताए । मधेशका जनताको हक, अधिकार र पहिचानको रक्षा गर्नका लागि लोसपा नेपाल प्रतिवद्ध रहेको पनि उनले बताए ।

सत्तारुढ दल लोसपाले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।

प्रतिनिधि सभामा दुई तिहाइ नजिक बहुमत रहेपछि राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन प्रधानमन्त्री ओलीलाई सकस परेको छ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्