सुनको मूल्य तोलामा चार सयले बढ्यो

काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु.४०० ले बढेको हो । 

बिहीबार प्रतितोला सुन रु. एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्