बर्ली एयर कूलर नेपालमा सार्वजनिक

काठमाडौं : भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कूलरहरू सार्वजनिक गरेको छ। सोमबारका दिन काठमाडौंको भिवान्ता होटलमा आयोजना गरि एयर कूलरहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा गरेका थिए।
बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा थप नयाँ उत्पादनहरू नेपालमा प्रस्तुत गर्ने योजनाबारे जानकारी गराए।
बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूका लागि उच्च मूल्य प्रदान गर्ने ख्याति प्राप्त छन्। कम्पनीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ। यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ। आगामी दिनहरूमा यो सहकार्य थप विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारप्रतिको प्रतिबद्धतालाई झल्काउने गरी सम्पन्न भएको छ।