प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र बाग्मती विजयी

काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा  कर्णाली र बागमती प्रदेश विजयी भएका छन् । मंगलबार भएको खेलमा बाग्मतीले गण्डकीलाई ६९ रन र कर्णालीले कोशीलाई १ सय २७ रनले पराजित गरेका हुन् ।

बुटवलको एक्ट्राटेक ओभल मैदानमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई एक सय २७ रनले हरायो । जितका लागि कर्णालीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा सवै विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । 

कर्णालीको यो दोस्रो जित हो । जितसँगै कर्णालीले पाँच खेलबाट चार अङ्क बनाएको छ । ६ खेल सकेको कोशीको पाँचौँ हारसँगै दुई अङ्क छ । 

यस्तै, सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा इशान पाण्डेको अलराउन्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो ।

जितका लागि बागमतीले दिएको दुई सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १९ रनमा समेटिएको थियो । 

जितसँगै बागमतीले पाँच खेलबाट चार अङ्क बनाएको छ । पराजित गण्डकीको समान खेलबाट दुई अङ्क छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्