नेपालको धर्म सापेक्ष निरपेक्ष नेपाली जनतामा निहित छ : भाजपा नेता जोली

कृष्णानन्द भट्ट
काठमाडौ : भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालको धर्म सापक्ष निरपेक्षको कुरा यहाँका जनतामा निहित बताएका छन्। बेला बेला नेपाल आवत जावत गर्दै आएका नेता जोलीले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा धर्म निरपेक्षता जनतामा निहित रहेकोे सुझाएका छन्।
जोलिले नेपालले आफ्नो निर्णयको अधिकार नेपाली जनता र यहाँको संसदीय पद्धति अनुरुप रहेकोे उल्लेख गरेका छन्।
जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भएको बताएका छन्। प्रभावकारी मञ्चका रुपमा रहेको सार्कको सार्थकता समाप्त भएको बताएका छन्। सार्क निष्प्रभावी हुनुमा पाकिस्तान दोषी रहेको रहेकोे बताएका छन्।
जोलीले नेपाल-भारतबीचको सम्बन्ध अटुट रहेकोले बताएका छन्। नेपाल र भारतबीच सुमधुर सम्बन्धको साथै सुरक्षा निकायको प्रमुख अंग नेपाली सैनिकको ईन्डियाप्रति गहिरो सम्बन्ध रहेको बताएका छन्। नेपालमा रहेको बहुदलीय लोकतन्त्रीक प्रणालीप्रति इन्डिया सदैव अनुग्रहित रहेको बताएका छन्।