दिल्लीलाई ५९ रनले हराउदैं मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

काठमाडौं : दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउदैं मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो।
यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन्। हारमा दिल्ली लिग चरणबाट बाहिरिएको छ।
जितको लागि १ सय ८१ रनको चुनौती पछाएको दिल्ली १८।२ ओभरमा १ सय २१ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको मुम्बईका कप्तान फाप डु प्लेसिस र अभिषेक पोरेल समान ६ रनमा आउट भए।
केएल राहुल पनि ११ रनमा समेटिए। ३ विकेटको नोक्सानीमा दिल्लीले २७ रन मात्र बनायो।
समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा मिचेल स्यान्टनरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। जसप्रति बुमराहले ३ ओभर २ बलमा १२ रन खर्चेर ३ विकेट नै लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय ८० रन बनाएको छ।
५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे।
४३ बल खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए । तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे।
नमन धिरले नटआउट २७ रन बनाए । बलिङमा मुकेश कुमारले २ विकेट लिए। जितमा मुम्बईले १३ खेलबाट १७ अंक बनायो। दिल्लीसँग १३ अंक मात्र छ।
यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन्।