अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ : महामन्त्री थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताएका छन् ।

प्रा.डा.यज्ञप्रसाद अधिकारीको जीवन संघर्षबारेमा लेखिएका लेखहरुको संग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा। यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार उनले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार गर्न अब विदेश जान नपर्ने दावी गरे ।

‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दावी गर्न सक्छौकि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन’, उनले भने । उहाँले नेपालमै उपचार सक्षम छ भनेर जनविश्वास दिलाउन जरुरी रहेको बताए ।

उनले प्राडा अधिकारीले लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गरे। कार्यक्रममा काँग्रेस नेता गुरु  घिमिरेले प्राडा अधिकारी नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादका भाष्यकर विज्ञ हुनुभएकाले अहिले राजनिति उहाँले स्थापित गरेकै बाटोमा हिडेको बताए । लोकतान्त्रिक समाजवादकै बाटोमा देश अगाडि वढेको छ, उनले भने ।

कार्यक्रममा बक्ताहरुले राजनीतिमा अहिले अधिकारी उपेक्षितजस्तो देखिए पनि उहाँ निष्ठाको राजनीतिमा उदाहरण पात्र रहनु भएको धारणा राखे । लेख संग्रहमा विभिन्न ६८ जना विज्ञहरुले लेख्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्