अमेरिकाबाट निष्कासित भएका नेपालीलाई लिएर आएको चार्टर जहाज काठमाडौंमा अवतरण
काठमाडौं : अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ। आज बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी–२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
विमानले आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।