कांग्रेस सभापति देउवा सोमबार धनगढी जादैँ

काठमाडौँ : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी जादैँ छन् । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उनी धनगढी जान लाग्नका हुन् ।  

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने नेपाली कांग्रेस कैलालीका सचिव सुनारले जानकारी दिए। उनले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्