राष्ट्रपति पुटिन सेनाको बर्दीमै युद्धग्रस्त क्षेत्र पुगे, युद्ध विराम नगर्ने संकेत

काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन्। सेनाको बर्दीमै देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्ध विरामको सहमति नगर्ने संकेत देखिएको छ। पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको बर्दी पहिरिएर भ्रमण गरेका थिए। युक्रेनले गत अगस्टमा रूसको कुर्स्क क्षेत्रमा कब्जा गरेको कम्तिमा ९० प्रतिशत क्षेत्र गुमाएको छ।

ठूलो संख्यामा रूसी र उत्तर कोरियाली सेनाले यहाँको भू(भागबाट युक्रेनी सेनालाई लखेटेको छ। यो क्षेत्रमा रूसी सेनाले ठूलो संख्यामा विस्फोटकले भरिएका ड्रोन प्रयोग गरिरहेका छन्। रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्ध विरामका सर्त स्वीकार गर्छ कि गर्दैन शंकाको दृष्टिले  हेरेको छ। यस्तोमा पुटिनको भ्रमणले थप अन्योलता बढाएको छ।

एकातिर युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी प्रतिनिधिमण्डल युक्रेनसँगको वार्ताको सन्देश लिएर मस्को पुग्ने क्रममा छन्। अर्कोतिर अमेरिकाले वार्तापछि यसअघि युक्रेनलाई रोकेका सैन्य सहयोगलाई निरन्तरता दिन दिएको छ। यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

-एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्