केकी अधिकारीले मागिन् गगन थापालाई भोट

काठमाडौं- अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा भोट मागेकी छन्।

आसन्न निर्वाचनमा काठमाडौं-४ का कांग्रेसका उम्मेदवार थापालाई उनले सामाजिक सञ्जालमा भिडियोमार्फत् मत मागेकी हुन्। थापालाई अलग अलग समयमा विभिन्न माध्यमबाट चिन्ने मौका पाएको र छोटो समयमा दाजु बहिनीको रुपमा चिनिएको उनले उल्लेख गरेकी छन्। ‘राष्ट्रप्रति देखाएको निष्ठा, जनप्रतिको सेवाको भाव र संसद र संविधानप्रतिको लगाव निकै प्रसंशनीय छ,’ उनले भनेकी छन्।

कोभिडको समय उनको सामाजिक सञ्जालमा आएका टिप्पणीमा थापाले देखाएको तदारुकता र जनसरोकारको विषयमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताएकी छन्।

नेपाली कला, संस्कृति र साहित्यप्रति गगनको विषशे रुचि रहेको पनि बताएकी छन्।

सत्तापक्ष होस् वा प्रतिपक्षमा रहँदा गगनले राज्यलाई खबरदारी र आफना विचार प्रष्ट राखेको बताएकी छन्। ‘अग्रिम शुभकामनासहित गगन थापाको विजयको यात्राले राजनीतिको नयाँ ढोका खुल्नेछन्,’ उनले भनिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्